१४ बैशाख २०८१, शुक्रबार

नेपालले दियो नेदरल्याण्ड्सलाई २३९ रनको लक्ष्य
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कुशल भुर्तेल र कुशल मल्लको उत्कृष्ट व्याटिङमा नेपालले नेदरल्याण्ड्सविरुद्ध २३८ रनको स्कोर खडा गरेको छ। टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो हालसम्मकै उच्च स्कोर हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी ट्राइ नेशन टी–ट्वेन्टी सिरिजमा नेपालले ठूलो स्कोर खडा गरेको हो। नेपालले पुरै ओभर खेल्दै ३ विकेट गुमाएर यो स्कोर खडा गरेको हो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७७ रनको अर्धसतकीय पारी खेले। उनले ५३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै कुशल मल्लले २४ बलमा २ चौका र ५ छक्काको मद्दतमा अभिजित ५० रन जोडे। दीपेन्द्र सिंह ऐरी अभिजित ४८ रनको योगदान दिन सफल भए। उनले १८ बलको सामना गर्दा ५ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १९ बलमा ३३ रन जोड्दा आसिफ शेखले ८ बलमा १६ रन बनाए। जारी उपाधि भिडन्तमा नेदरल्याण्ड्स जवाफी ब्याटिङका लागि मैदान उत्रिएकाे छ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech