१४ बैशाख २०८१, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल अस्पताल भर्ना
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । कोभिड–१९ संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

कोरोना भाइरस संक्रमित शाह दम्पतीसँगै छोरी प्रेरणा पनि नर्भिक अस्पतालमा भर्ना भएको पूर्वराजाका सचिवालय स्रोतले जनाएको छ ।

यद्यपि, उनीहरुको स्वास्थ्य अवस्था भने जटिल नरहेको बताइएको छ ।

वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।

  • ११ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech