७ बैशाख २०८१, शुक्रबार

कर्णालीका चार सांसद पदमुक्त
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कर्णाली प्रदेशसभामा एमालेबाट निर्वाचित चार जना सांसद पदमुक्त भएका छन्। प्रदेशसाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चार जनाको पद रिक्त भएको जानकारी गराएका हुन्।

पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापा पदमुक्त भएका हुन्।  ज्वाला सल्यान प्रदेशसभा (ख), बुढा डोल्पा प्रदेशसभा (क), शाही कालिकोट प्रदेशसभा (क) र थापा दैलेख क्षेत्र नं. १ (ख) बाट निर्वाचित भएका थिए।

सांसदहरु पदमुक्त भएसँगै अब कर्णाली प्रदेशसभामा सांसदको संख्या ३५ मा झरेको छ। ४० सदस्यमध्ये माओवादी छोडेर एमालेमा प्रवेश गरेका धर्मराज रेग्मी यसअघि नै पदमुक्त भइसकेका छन्। अब कर्णाली प्रदेशमा सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech