१५ बैशाख २०८१, शनिबार

भेरीमा ३ र मेडिकल कलेजमा १ को मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोरोनाका कारण बाँकेमा हरेक दिन ज्यान गुमाउनेको सँख्या बढिरहेको छ । बाँकेका मुख्य २ वटा अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुले दिनहुँ अकालमा ज्यान गुमाईरहेका छन । बिहिबार बिहानदेखी यो समाचार तयार पार्दासम्म बाँकेका दुई वटा अस्पतालमा ४ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाईसकेका छन ।

बिहिबार बिहान लम्की चुहा नगरपालिका १ कैलालीका ४३ वर्षिय पुरुषले कोरोनाकै कारण ज्यान गुमाएका छन । १३ गते कोरोना संक्रमण पुष्टि भएका ति पुरुषलाई १४ गते भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरीएको थियो । भर्ना भएको २ दिनपछि बिहिबार बिहान ७:५० बजे ति पुरुषको उपचारकै क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

त्यसैगरी बिहिबार बिहान नै बाँकेको खजुरा गाँउपालिका २ की ६७ वर्षिय महिलाको समेत कोरोनाबाट भेरी अस्पतालमा मृत्यु भएको छ । बैशाख १० गते कोरोना संक्रमण देखिएकी ति महिलालाई १२ गते भेरी अस्पतालमा भर्ना गरीएको थियो । उपचारकै क्रममा बिहिबार बिहान ८ बजे उनको मृत्यु भएको हो ।

यसैबिच भेरी अस्पतालमै उपचाररत टिकापुर नगरपालिका-१ कैलालीका ५१ वर्षिया महिलाको समेत मृत्यु भएको छ । कैलालीमा बैशाख १४ गते पीसीआर परीक्षण गराएकी ति महिलालाई उपचारका लागि भेरी अस्पताल ल्याइए पुर्याए लगत्तै बिहिबार बिहान १० बजे मृत्यु भएको बताईएको छ ।

त्यस्तै स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज ८ का ३३ वर्षिय पुरुषले नेपालगन्ज मेडिकल कलेजमा बैशाख १३ गते पीसीआर परीक्षण गराएका थिए । अस्पतालमा १५ गते भर्ना भएका ति युवाको बिहिबार बिहान १०:३० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा बाहिर जिल्लाका १११ जना र जिल्लाभित्रका १०८ जनाले हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech