११ बैशाख २०८१, मंगलवार

जसपाका ४ प्रदेश सांसद पदमुक्त भएपछि सभामुखलाई अध्यक्ष ठाकुरको पत्र, भन्छन्- कारबाही भएकै छैन
  • न्युज मानसराेवर

बाँके बैजनाथ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशसभाका कुनै सांसद्लाई कारबाही नभएको बताएका छन्।

लुम्बिनी प्रदेशसभाले ४ जना जसपाका सांसदहरू पदमुक्त भएको सूचना टाँस गरेपछि अध्यक्ष ठाकुरले पार्टीको केन्द्रका तर्फबाट कुनै पनि कारबाही नभएको बताएका हुन्।

प्रदेशका सभामुखलाई सम्बोधन गर्दै लेखिएको पत्रमा ६ सस्यीय संसदीय दल गठन भएको भएको त्यसैलाई स्वायत्तता दिइएको उल्लेख छ। सो संसदीय दलले गरेको निर्णयलाई पार्टीले मान्यता दिने समेत पत्रमा भनिएको छ।

पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी पदमुक्त भएको सूचना प्रदेशसभाले बिहीबार दिउँसो टाँस गरेको थियो।

उनीहरू लुम्बिनी प्रदेश सरकारमा मन्त्री पनि बनिसकेका छन्। पछिल्लो सयम जसपा केपी शर्मा ओली पक्षीय एमालेसँग नजिकिएको छ। सरकारले बुधबार मात्रै पार्टीका १२० जना विरुद्धका मुद्दा फिर्ता लिएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली निकट नेता हुन्।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech