६ बैशाख २०८१, बिहीबार

संम्झनाका कृतिहरूमा जननेता अधिकारीको उत्कृष्ट सरकार

यो बाटो तपाई आफैले रोजेको बाटो हो ध्यैर्य र संयमका साथ निरन्तर अघि बढनुपर्छ ।

  • सुर्य ढकाल

मनमोहनअधिकारीको २२ औ स्मृतिदिवस कोरोना कहरका कारण सानो उपस्थितिमा नेकपाएमाले जिल्ला पार्टी कार्यलयमा सानो कार्यक्रका साथ स्मृतिदिवस भनाइयो । आजभन्दा २९ वर्ष पहिले २०५१ साल मसिर महिनामा नेकपाएमालेको अल्पमतको पहिलो पटक आफ्नो नेतृत्वमा सरकार गठन गरेको थियो ।

एमालेले यस्तो बेलाम सरकार गठन गर्न पुगेको थियो । जति बेला कम्युनिष्ट विचार तथा कम्युनिष्टहरुले नेतृत्व गरेका जनवादी समाजवदी भनिएका कतिपयमुलुक र शासन प्रणाली धाराशाही बनिरहेका थिए । रक्षात्मकअवस्थामाथिए । कतिले नाम झण्डा फेरेर पलायनको बाटो समाति सकेका थिए । विश्व साम्राज्यवादीहरुले कम्युनिष्ट विचारको समाप्तभयो भनेर लङ्कका पिटिरहेका थिए ।
ठिक त्यही समयमा सगरमाथाको देश नेपालमा कम्युनिष्ट लोकतान्त्रीक विधिबाट विजयी झण्डा फहराएका थिए र त्यसको अगुवाई कमरेड मनमोहनले गरिरहनु भएको थियो ।

पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारीको तर्फबाट जेठो सन्तानको रुपमा १९७८ सालमाकमरेड मनमोहनको जन्म काठमाडौको लाजिम्पाटमा भएको थियो ।

मनमोहनअधिकारी नेपालको कम्युनिष्ट आन्दोलनभन्दा जेठो कम्युनिष्ट हुनुहुन्थो । युवाअवस्थामामात्रहोइनजीवनको उत्तरार्धसम्मअन्तिमश्वास रहुन्जेलसम्म नेपालको राष्टियता, जनजिविका र जनवादको पक्षमा र नेपालको कम्युनिष्ट आन्दोलनको विकास र विस्तारको लागिअभियान्ता बनेर लागिरहनु भयो ।

नेपालीजनताको स्वतन्त्रता र मुक्तिकालागिमात्रहोइन अङ्ग्रेज सामाज्यावादकाविरुदको लडाइमा समेत होमिनु भयो । स्वतन्त्र सेनानी बनेर । सधै जनताको विचमा रहेन फिल्डको नेताभएर पनि अनेक महत्वपूर्ण अवसरमा पार्टीका आधिकारिक विचार प्रस्तोता बनेर ऐतिहासिकभूमिका खेल्न चुक्नु भएन ।

मनमोहनअधिकारी कम्युनिष्ट आन्दोलनको लोकप्रिय नेतामात्रहोइन कम्युनिष्ट सरकरका लोकप्रियप्रधानमन्त्रीपनिबन्न सफलहुनुभयो ।
सत्ताप्राप्तीको महत्वकाक्षा लुछाचुडी र कार्यकारी अधिकार आफुमा  केन्द्रित गरेर मात्रशत्तिशाली र लोकप्रियबन्न सकिन्छ भन्ने अदुरदृष्टि र स्वार्थी राजनीति भद्धा मान्यताभन्दामाथि उढेर मात्रै उहाँले यो हैसियतप्राप्तगर्नु भएको थियो । यो देशमा धेरै व्यक्ति पार्टी अध्यक्ष र प्रधानमन्त्रीभएर आमजनताको आखाँमाकुनै पनिव्यक्तिको तहमनमोहनअधिकारीको उचाईमापुग्ननसकेको मात्र हैन बरु छिटछिटै तलतलखस्किदै गइरहेको छ । मनमोहनअधिकारीको जीवन निश्चलथियो ।

कुनै छल कपट बैमानीगर्नु भएन । उहाँ सदैव र सवैका लागि समान रहनु भयो । उहाँको कम्युनिष्ट आन्दोलप्रतिको निष्ठामा कहिल्यै कमिआएन । २००४ सालको मजदुर आन्दोदेखि नेपाली राजनीतिमाआफ्नो उच्च स्थानप्राप्त नेपाली कम्युनिष्ट आन्दोलनमाअन्तराष्ट्रिय मान्यता समेत प्राप्त देशभक्तक्रान्तीकारी नेताको रुपमाआपूmलाई चिनाउन सफलहुनुभयो । त्यही कारण आपूmप्रधानमन्त्रीहँुदावृद्ध भत्ता, अपाङ्ग र विधवाभत्तादिने परिपाटीको थालनीगर्नुभयो । नेपालकै इतिहासमापहिलो पटक केन्द्रबाट वडा तहमा बजेट सिधै जाने व्यवस्थामिलाउनु भयो । खास गरी आफ्नो गाउं आफै बनाउन, नौ सकाकार्यक्रममार्फत सिङगो मुलुकको मुहार बदल्ने प्रयास अघि बढाउनु भयो ।
कमरेड मनमोहनअधिकारी आधुनिक नेपालकातमामप्रधानमन्त्रीको पङत्तिमा सबभन्दालोकप्रिय र सम्मानितव्यक्तिका रुपमा स्थापित हुनुहुन्छ । नौ महिनाको अवधिमाउहाँको नेतृत्वको सरकारले स्वच्छ र भष्ट्रचार मुक्त्तशासनगाउं केन्द्रितजनसहभागितामुलकविकास लोककल्याणकारी कार्यक्रमतर्जुमा, राष्ट्रिय हितमाआधारित सन्तुलित परराष्ट्र सम्बन्ध । शान्ति सुरक्षाकायमगर्ने लगाएतकाकीर्तिमान नै कायम गरेको थियो ।
बर्दिया जिल्ला नेकपाएमालेको पार्टी कार्यलयमा अनेरास्ववियुको जिल्ला कमिटीको बैठकमा कमरेड मनमोहनअधिकारीसँगपहिलो पटक २०५० सालमा भेट भएको थियो । त्यस समयमाबर्दिय जिल्लामा नेपालीकाङग्रेसको बिगबिगीथियो । भुमिहिनर सुकुम्बासीहरुकामाग र मुद्दा सम्बोधनगर्न बर्दियाको कन्दारामा ३२ हजारभन्दा बढी भुमिहिन र सुकुम्बासीहरुको बस्ती बसालीत्यसको नेतृत्वएमालेले गरेको थियो । केन्द्रमा नेपालीकाङग्रेसको सरकार थियो । बद्रीयाकातिनओटै निर्वाचन क्षेत्र एमालेका उमेदवारले जितेका थिए ।

नेपाली काङग्रेसले सयौलाई सार्वजनिक मुद्धा लगाएको थियो । एक मण्डले आतङक नै थियो ।हात्ती, डोजर सेना ,पुलिस लगाएर कन्दरामाआगो लगाउने बस्ती उजाड बनाउने काम गरिरेको थियो । तान्डव नृत्य नाचेको थियो । हामी गिराप्तारीमा थियौं । कोही घाइते
थियौ । त्यही समस्यालाई सम्बोधनगर्न बर्दिया आउनु भएको थियो मनमोहनअधिकारी ।

कमरेड मनमोहनअधिकारीको प्रमुख आथित्यमा र उपस्थितिमा अनेरास्ववियु जिल्ला कमिटीको बैठक बस्ने तयारी थियो । १३ सदस्य जिल्ला कमिटी थियो । अध्यक्ष सन्जय देवकोटा, उपाध्यक्ष सुर्य ढकाल, सचिव प्रताव गौतम, कोषाअध्यक्ष सुर्वणा रिजाल, सदस्यहरु जीवन ढकाल, सुसिल चोधरी, जीतबहादुर भाट, श्याम खरेल, टोप बहादुर विसी, रामहरी शर्मा, पशुपतिगिरी, कौशिलासिह र मगर गाडीका घिमिरे भाइ रहेको जिल्ला कमिटी कृयाशील थियो । जिल्ला कमिटीको बैठकमा दिएको निर्देशन कति सान्र्दाभिक थियो । अहिले पनि म सम्झिरहेको
छु ।
सबैलाई समेटेर पार्टी चलाउनु पर्छ । सबैको योग्यता र क्षमताअनुरुप काम र सम्मान गर्ने शैली नै पार्टी काम गर्ने शैली बनाउनु पर्छ । यो बाटो तपाई आफैले रोजेको बाटो हो ध्यैर्य र संयमका साथ निरन्तर अघि बढनुपर्छ । दुनिया बदल्नु भनेको जनहितको पक्षमा काम गर्ने जनतालाई परिचालित गर्ने र जनताको जीवनमा खुसी र समृद्धि ल्याउनु हो ।

मनमोहनअधिकारी छोटो समयको लागि प्रधानमन्त्री हुनु भयो । केबल नौ महिनाका लागि । तर आज पनि देशभित्र र बाहिर मानिसहरु मुक्क्त कण्ठले भन्छन् मनमोहनअधिकारी प्रधानमन्त्री भएको काल नै नेपालको स्वर्णमयी काल थियो । कमरेड मनमोहन अधिकारी नेपाली जनताको स्मृतिमा सधै बाचिरहनु भएको छ । राष्ट्रियता, स्वतन्त्रता, सामजिकमुक्ति, पार्टी निर्माण र लोकतन्त्रका निम्ति बाचुन्जे सघर्ष गरिरहनु भयो । २००७ सालको परिर्वतन पछि जनतालार्ई सकरात्मकअनुभूति गराउने सरकार नै मनमोहनअधिकारीको सरकार थियो । कमरेड मनमोहनप्रतिहार्दिक श्रदान्जली । लेखक ढकाल नेकपा एमाले बाँके जिल्लाका अध्यक्ष हुन् । 

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech