१५ चैत्र २०८०, बिहीबार

लुम्बिनीमा ३ मन्त्रीले लिए शपथ
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  लुम्बिनी प्रदेश सरकारमा थपिएका तीन मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ ग्रहण भएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । शपथ लिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र शिक्षा तथा सामाजिक विकासमन्त्री धर्मबहादुरलाल श्रीवास्तव छन् ।

मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा उनीहरुलाई मंगलबार साँझ मन्त्री पदमा नियुक्त गरिएको थियो ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech