७ बैशाख २०८१, शुक्रबार

हात्तीवनमा प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवको गोप्य भेट
  • न्युज मानसराेवर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि यतिखेर विपक्षी दलहरु रणनीति बनाउन सक्रिय छन्।

ओलीले गत पुस ५ गते संसद् विघटन गरेदेखि नै आन्दोलनमा एक भएका दलहरू अहिले ओलीलाई विश्वासको मत प्राप्त हुन नदिने रणनीतिमा छन्।

यसैबीच ओलीलाई विश्वासको मत पुग्न नदिने विषयमा आवश्यक रणनीति बनाउने विषयमा आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच गोप्य वार्ता भएको खुलेको छ।

ललितपुरको हात्तीवनस्थित उपेन्द्र यादवको निवासमा तीन जनाबीच करिब एक घण्टा कुराकानी भएको सुरक्षा स्रोतले जानकारी दिएको छ। दाहाल र नेपालबीच त यसअघि पनि पटकपटक गोप्य भेट भइसकेको छ। नेपाल लाइभ

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech