१५ चैत्र २०८०, बिहीबार

बाँके सहित १२ जिल्लालाई ७९ लाख रुपैयाँ दिने प्रदेश मन्त्रिपरिषदको निर्णय
  • न्युज मानसराेवर

बाँके बेजनाथ ।  लुम्बिनी   प्रदेश सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि १२ वटा जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

उनले डीसीसीएमसीलाई दिइने सो रकम सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरी उपलब्ध गराइने जनाए । उनका अनुसार कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाका लागि १०/१० लाख रुपैयाँ उपलब्ध गराइने छ भने कपिलबस्तु जिल्लालाई ८ लाख, नवलपरासी, दाङ, बर्दिया जिल्लालाई ७/७ लाख तथा गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पुर्व रुकुमलाई ५/५ लाख रुपैयाँ छुट्याइएको छ ।

यस्तै, जेठ ६ र ७ गते गर्ने भनिएको प्रदेश लगानी सम्मेलन कोरोनाका कारण आगामी कार्तिक २७ र २८ गते गर्ने निर्णय भएको चौधरीले रातोपाटीलाई बताए ।

  • २२ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech