१३ बैशाख २०८१, बिहीबार

नेपाल समूहलाई गरेको कारबाही फुकुवा हुँदै, एमालेभित्र मध्यमार्गी सक्रिय
  • न्युज मानसराेवर

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ। अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बस्न लागेको एक नेताले जानकारी दिए।

उनका अनुसार आजको बैठकले माधवकुमार नेपालसहितका नेतालाई गरेको कारबाही फिर्ता लिने निर्णय गर्ने बताइएको छ।

पार्टी विभाजनकै तहमा पुग्न लागेपछि एमालेका दुवै पक्षका नेताहरुको सक्रियता बढेको छ। यसअघि हिजो बसेको स्थायी कमिटीको बैठकमा नै माधव नेपालसहितका नेताहरुलाई गरिएको कारबाही फिर्ता लिने विषयमा छलफल भएको थियो। तर, निर्णय भने भइसकेको थिएन्।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech