१३ बैशाख २०८१, बिहीबार

 राष्ट्रिय पत्रकारिता पुरस्कार बाट पत्रकार विक सम्मानित हुने
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   रेडियो प्रतिबोध एफ एमका स्टेसन म्यानेजर तथा  प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त बिकलाई     राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।

दुई दशकदेखि पत्रकारितामा सक्रिय बि क लाई राष्ट्रिय पत्रकारिता पुरस्कार बाट सम्मान गर्न लागेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २ वर्षको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको  थियो ।

छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा घोषित पुरस्कार अनुसार, जनही एक लाख राशीको सो पुरस्कारबाट बिक सहित मात्रिका पौडेल, इन्द्र बुढा ,उजीर मगर, संगिता खड्का, शेषराज दाहाल र शीतल साहसमेत पुरस्कृत हुने भएका छन् ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech