८ बैशाख २०८१, शनिबार

पत्र प्राप्त भएपछि नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने राष्ट्रपतिको तयारी
  • न्युज मानसराेवर

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने तयारी गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असफल भएर पदमुक्त भएपछि नयाँ सरकार गठनको तयारी अघि बढाइएको हो।

आजै नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले संयुक्त विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले संसद् सचिवालयबाट पत्र प्राप्त हुनासाथ प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए।

‘पत्र आएको छैन, आएपछि त्यसको व्यहोरा हेरेर प्रक्रिया अघि बढ्छ’, उनले भने,‘संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनप्राप्त प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्न सक्छ।’

सोमबार प्रतिनिधिसभामा भएको मतदानमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको थियो।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech