१२ बैशाख २०८१, बुधबार

अक्सिजन सिलिण्डर खरिदकालागि साँसद अथकले छुट्याए ३० लाख
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  संघिय साँसद महेश्वर गहतराज ‘अथक’ले बाँकेका तिन वटा स्थानिय तहलाई अक्सिजन सिलिण्डर खरीदकालागि ३० लाख रकम उपलब्ध गराउने भएका छन । कोरोना महामारीको मार खेप्दै आएका बाँकेवासीको सुविधाकालागि साँसद अथकले ३० लाख रकम छुट्याएका हुन ।

बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित साँसद अथकले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत कोहलपुर, नरैनापुर र राप्तीसोनारी गाँउपालिकालाई अक्सिजन खरिदकालागि ३० लाख रकम उपलब्ध गराउन लागेका हुन । साँसद अथकका सचिवालय सचिव शिव सुनारका अनुसार कोहलपुर नगरपालिकालाई १५ लाख, नरैनापुर गाँउपालिकालाई १० लाख र राप्तीसोनारी गाँउपालिकालाई ५ लाख रकम बिनियोजन गरीएको छ । स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत तत्काल अक्सिजन सिलिण्डर खरीदकालागि ३० लाख रकम छुट्याईएको सुनारले जानकारी दिए ।

पछिल्लो समय बाँके कोरोनाको ‘हटस्पट’ बनेको छ । संक्रमित अत्याधिक बढेसँगै बाँकेमा अक्सिजनको अभाव देखिएको छ । जिल्लाका ठुला अस्पतालमा अक्सिजनको अभाव देखिएपछि साँसद अथकले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका अस्पताल र आईशोलेशन सेन्टरमा अक्सिजनको सहज आपूर्तिकालागि रकम छुट्याएका हुन ।

  • २७ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech