१४ बैशाख २०८१, शुक्रबार

कोहलपुरमा एक सय आठ जना संक्रमण मुक्त
  • न्युज मानसराेवर

बाँके बैजनाथ । होम आइसोलेसनमा रहेका एक सय आठ जना कोरना संक्रमिति निको भएका छन् ।
४९ जना पुरुष र ५९ जना महिला कोरना संक्रमित निको भएको कोहलपुर नगरपािलका स्तरीय कोभिड -१९  फोकल पर्सन गेहराज खनालले जानकारी दिए ।
कोहलपुर क्षेत्रमा  संक्रमित संख्यामा भने बृद्धि छ । स्वास्थ्य विधि अनिर्वाय हप्नाउन आवश्यक देखिन्छ खनालले भने ।

कोहलपुर नगरपालिका क्षेत्रमा होम आइसोलेसनमा मात्र एक हजार ७८जना कोभिड -१९ का  संक्रमिति पुगेका छन् ।

यसै गरी कोभिड अस्पतालमा १४ जना उपचारत्त छन् ।   उनीहरु मध्य ४ जना महिला र १० जना पुरुष रहेका छन् ।  यस्तै कोहलपुर नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन केन्द्रमा २० जना छन् ।  उनीहरु मध्य ५ जना महिला र १५ जना पुरुष रहेको बताइएको छ ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech