१३ बैशाख २०८१, बिहीबार

गण्डकी प्रदेशको मुख्यमन्त्री पुनः पृथ्वीसुब्बा गुरुङ
  • न्युज मानसराेवर

पोखरा– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुव्वा गुरुङ पुनः नियुक्त भएका छन्।

प्रदेश प्रमुख सीता पौडेलले उनलाई आज बुधबार मुख्यमन्त्री नियुक्त गरेकी हुन्। गुरुङ मुख्यमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गर्न प्रदेश प्रमुखको निवासमा पुगेका छन्।

प्रदेश प्रमुख पौडेलले प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आह्वान गरेपछि गुरुङ दोश्रो पटक मुख्यमन्त्री बनेका हुन्।

मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले २६ गते दिउँसो ४ बजे ७२ घण्टाको समय दिँदै बहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी थिइन्।

यो अवधिमा बहुमतको सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरे पनि जनमोर्चाका कृष्ण थापा र खिमबिक्रम शाहीले साथ नदिएपछि उनको मुख्यमन्त्री बन्ने सपना साकार हुन पाएन। यद्यपि, नेपालीलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थन थियो।

अल्पमतको भएका कारण मुख्यमन्त्री गुरुङले एक महिनाभित्रमा प्रदेश सभाबाट विश्वासको मत लिनु पर्नेछ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech