८ बैशाख २०८१, शनिबार

ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्षलाई राजीनामाबाट रोक्ने प्रयास
  • न्युज मानसराेवर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बस्न लागेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जानकारी दिए।

‘पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो,’ उनले भने। बालुवाटार स्रोतका अनुसार आजको बैठकले माधवकुमार नेपाल पक्षका माग सम्बोधन गर्ने सबै अधिकार ओलीलाई दिने निर्णय गर्न सक्ने बुझिएको छ।

आजै स्थायी कमिटी बैठकपछि ओलीले नेपालसँग वार्ता गर्न सक्ने बालुवाटार स्रोतको दावी छ। ‘माधव पक्षका मागका सम्बन्धमा प्रधानमन्त्रीले वार्ता गर्न चाहिरहनुभएको छ,’स्रोतले भन्यो, ‘सम्भव भए आज वार्ता पनि हुन सक्छ।’

असन्तुष्ट माधव नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरिरहेका बेला ओलीले त्यसलाई रोक्न अन्तिम कसरत गरिरहेका छन्।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech