१६ चैत्र २०८०, शुक्रबार

संझनामा मदन भण्डारी र जनताको वहुदलीय जनवाद
  • सुर्य ढकाल

जननेतामदन भण्डारीको हत्याभएको २८ वर्ष वितेछ । दासढुङ्गामा षडयन्त्रमुलक ढगले हत्या हुदा उहा एक चालिक बर्षको मात्र हुनु हुनुहुन्थयो ।

जीवनको उतरर्दमा पुगनपुग चार बर्ष सार्वजनिक जीवनमा देखा पर्नु भयो । सार्वजनिक  भएको चार बर्षमा विश्व कम्युनिष्ट आन्दोलनलाई दिशानिर्देशन गर्न सफल कमरेड मदन भण्डारी समकालीन राजनीतिकआन्देलनका युग पुरुषको रुपाम स्थापति हुन सफल राज नेता हो ।
नेपाली समाजनिरन्तर विकसितहुदै आएको छ ।

वस्तुगत सत्य हो समाज । समाजलाई बझने र रुपान्तरण गर्ने काममात्र कम्युनिष्टले गर्दछन ।समाजको अन्तक्रियाबाट शक्तिजन्मने भएको हुदा समाजलाई क्रान्तिकारीहरुले अनिर्वाय बुझन सक्नु पर्छ ।समाजको चरित्र बदलिदा क्रान्तिको चरित्र पनि बदलिन्छ ।

राजनिति सत्ता समाज भन्दा बाहिर हुदैन । समाजको चरित्र अनुसार नै क्रान्तिको बाटो तयार गरिन्छ । प्रधान अन्तरविरोधको पहिचान
गरिन्छ ।जवजबको प्रकासमा क्रान्तिका कार्यभारहरु तयार गर्दा नेपाली समाजन बुझि सहि दृष्टिकोण बनाउन नसकिने हुदा समाजको चरित्र सवैको चासोको विषय बनेको छ ।समाज विकासको चरणका हिसाबले नेपाली समाज यति बेला कहाँ नेर छ?

समान्ती, अर्ध समान्तीवापँ जीवादी?कनै पनि समाजको चरित्र निर्धारण गर्दा त्यस समाजको मख्य उत्पादन सम्बन्ध कुन हो भनेर हेर्नपर्ने हुन्छ।

वर्तमान नेपाली समाजको मख्यउत्पादन सम्बन्धकुनहो? सामान्ती अर्ध सामान्ती वापु जीवादी?सामन्त वाद त्यो आर्थिक सामाजिक व्यवस्था हो, जहा जमिनमा जमिनदारको नियन्त्रण हन्छ र त्यसै आधारमा उसले किसान माथिआर्थिक,सामाजिक,सास्कृतिक,राजनीतिक र कानुनी सबै हिसाबले नियन्त्रण गर्छ।

सामन्तवादका मख्य चरित्र हन्–जमिनदारी अर्थव्यवस्था, वंशानगतनिरंकश राजतन्त्रात्मक हुकुमी शासन व्यवस्था र भावीले लेखेको भाग्य एवं पृर्वजन्म पनर्जन्ममा विश्वास गर्ने ईश्वरवादी धर्म–संस्कृति। हाम्रो मुलुकमा हजारौं वर्षदेखी रहि आएको राजतन्त्र अन्त्य भएको छ र सामन्तीकालमा रहेर जागिर,बिर्ता,किपट,गुुठी र सेरा भृमिमध्ये गुठी केही मात्रामा बाकी छ, अरु सबै छैनन् ।

जमिनदारी अर्थव्यवस्था र वंशानगत राजतन्त्रात्मकहुकमीशासनव्यवस्थादुबै ढलेका छन्।

सामन्ती उत्पादन सम्बन्ध अब नेपाली समाजको मख्य उत्पादन सम्बन्धका रुपमा छैन । समाज अब आर्थिक राजनीतिक हिसाबले सामन्तीअबस्थामा नरही पुजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेको छ।

तर नेपाली समाजमा परम्परादेखि रहि आएको भाग्यवादीधर्म–सस्कृति र सामाजिक विभेदको अवस्था भने कायमै छ र त्यसको प्रभाव हामी स्वयंम समेत छं त्यसैले समाजलाई पृर्ण पुँजीवादी भयो भन्ने निष्कर्ष निकाल्नु गलत हुनेछ ।

समाज पुँजीवादी चरणमा प्रवेश गरेको छ।तर यहाँ हुर्कदै गरेको पुँजीवाद स्वतन्त्र र आत्मनिर्भर नभई पराश्रयी र दलाल चरित्रको छ। यसले यहाका श्रमजीवी वर्ग र उत्पादन शक्तिको विकासमा योग प्रगतिलाई सकारात्मक ढंगले अगाडि बढाउदैन ।

त्यसैले अबको हाम्रो मुख्य कार्यभार स्वतन्त्र राष्ट्यि अर्थतन्त्रअर्थात राष्ट्यि पुँजी र उत्पादन शक्तिको विकास गर्दै समाजवादकाआधार तयार पार्नु हो। हिजो मूलतः राजनीतिकअधिकारका निम्ति लड्यौं र राजनीतिकअधिकार प्राप्त गर्यौ पनि। तर कम्युनिस्ट राजनीतिक क्रान्तिलाई नै पर्याप्त मान्दैनन्। उनीहरु श्रमजीवी जनताकाअधिकारलाई आर्थिक,सामाजिक र सास्कृतिक क्षेत्रमा विस्तार गर्न चाहन्छन् र सिंगै समाजको आमूल परिवर्तन गर्न चाहन्छन्।

त्यसैले अबको लडाइ श्रमजीवी जनताको आर्थिक, सामाजिक र सास्कृतिकअधिकार प्रत्याभूतिका निम्तिको लडाइ हुनेछ। अबको लडाइ गरिबी, अभाव,अशिक्षा, बेरोजगार र पछौटेपन अन्त्यको निम्तिहुनेछ। यो लडाइ ध्वंसको होइन,निर्माण र विकासको हुनेछ। यसको अगुवाइ गर्नु मुलुक माप्रगतिशील एवं क्रान्तिकारी शक्तिको दायित्य हुनेछ यो माक्र्सवादी दर्शनको प्रकासमा मात्र संभाव छ ।

नेपालको क्रान्ति तथा आर्थिक सामाजिक परिर्वतनको लागि माक्र्सवादको सृजनात्मक प्रयोगको लागि जनताको बहुदलीय जनवाद अगाडि सरिहेको छ ।

ज्नताको वहुदलीय जनवादले मानवजातीले मानव जातिको विकासको क्रममाआर्जन गरेक जीवन्त र मुल्यवान उपलब्धीहरु जसलाई पुजीपतिवर्गले आफनो प्रभुको रक्षाको लागि प्रयोग गर्दे आएको थियो ।

त्यसलाई श्रमजिवि जनताका पक्षमा उभ्याउने ऐतिहासिक काम गरेको छ । जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादका माध्यबाट दिएको यो योगदान कार्लमाम्र्सले हेगेलको द्धन्द्धवाद र फायरवाखको भौतिकवादलाई नयां दृष्टिकोका साथ प्रस्तुत गर्दे द्धन्द्धात्मक भौतिकवादको दार्शिनिक धाराको विकास गरे जतिकै महत्वपुर्ण छ ।

तर नेपालको कम्युनिष्ट आन्दोलनले यो उपलव्धिलाई त्यस रुपमा ग्रहण  गर्न सकिरहेको छैन । यस विचारलाई जनताको बहुदलीय जनवादका पक्षधरको रुपमा स्थापति गर्ने महत्वपुर्ण दाहित्व हाम्रो काधमा आएको छ । जननेता कमरेड मदन भण्डारी र जिविरा आश्रतिप्रति हार्दिक श्रदान्जली व्यक्त गर्दछु ।  लेखक नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य ढकाल हुन् । 

 

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech