७ बैशाख २०८१, शुक्रबार

कोरना सक्रमितको घर घर मा एमाले अभियान शुरु

पछिल्लो समय बाँकेको बैजनाथ गाउँपालिमा ७ सय ३ जना कोरना सक्रमित भइसकेका छन् भने ४ सय २२ जना निको भएका छन् ।

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।बाँकेमा लक डाउन छ ‘सडकहरु सुनसान छन् । ५ वटा मोटर बाइकमा युवाहरु र एउटा २७०४ को अटो रोडमा गुडिरहेको छ । अटोको डालामा झौला ,झौलाको बाहिर नेकपा एमकाले लेखिएको छ ।

झौला भित्र केही सामाग्रीहरु छन ।  सबै जना एउटा घरको आगनमा रोकिन्छन्   अनि घरका मालिक बाह्रि आउछन् अचम्म मान्दै साथमा २ जना नानीहरु पनि ।

यहाँलाई अहिले कस्तो छ ? हामी त यहाँलाई भेट्न आएका छौँ। नमस्कार।   नमस्का सामाग्री खै ल्याउ त । हजुर । बैजनाथ गाउँपालिका वडा न ५ मा नेकपा एमालेका युवाहरु (अलिन) नाम परिवर्तन कोरना सक्रमितको घर को दृश्य हो ।

लक डाउनका विच जहाँ नेकपा एमालेका युवाहरु घर घर मा कोरना सक्रमितहरुलाई भेटघाट अनि झोलामा रहेका फलफुल स्याउ , अदुवा , गुर्जो लगाएत सामाग्रही दिदै छन् । साथमा नेकपा एमाले बाट निर्वाचित पदाधिकारी सहित सहभागि छन् ।

पछिल्लो समय बाँकेको बैजनाथ गाउँपालिमा ७ सय ३ जना कोरना सक्रमित भइसकेका छन् भने ४ सय २२ जना निको भएका छन् । भने अझै २ सय ६२ जना कोरना सक्रमित हुनुहुन्छ उहाँहरुको साथमा नेकपा एमाले छ भन्ने आशाहरु दिन यो अभियान शुरु गरिएको युवा नेता प्रेम सुवेदीले भने ।

नेकपा एमालेले यो अभियान प्रत्येक वडामा आज बाट शुरु गरिएको छ । यो अभियान हर्षित तुल्याउने अभियान हो हौसला प्रदान गर्ने अभियान हो म स्यम नेकपा एमाले बाट निर्वाचित वडा अध्यक्ष हुँ त्यसैले यो अभियानमा म पनि सहभागि बनेको हुँ बैजनाथ गाउँपालिका अध्यक्ष वडा न ५ का अध्यक्ष मन बहादुर खत्रीले भने ।

अभियानमा नेकपा एमाले बैजनाथ गाउँ कमिटी ,भातृय संगठन युवा संग को सहभागिता रहेको छ युवा संघका प्रेम विष्टले भने ।  उनले यो अभियाले हर्षित तुल्याएको बताए ।

यसै गरी बैजनाथ अस्थायी कोभिड अस्पतालमा समेत फलफुल वितरण गरिएको छ ।

फलफुल वितरणमा पूर्व संविधान सभा सदस्य तथा पूर्व मन्त्री दल बहादुर सुनार  गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल , वडा न २ का अध्यक्ष प्रेम थापा , बैजनाथ ५ का अध्यक्ष मन बहादुर खत्री र  २०७५ जेठ २ अगिका नेकपा एमाले जिल्ला अध्यक्ष अशोक कोइराला , सचिव रत्न खत्री , युवा संघका जिल्ला सदस्य लगाएतको सहभागिता रहेको थियो ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech