११ बैशाख २०८१, मंगलवार

एमालेको स्थायी कमिटी बैठक बस्दै
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  पार्टी एकताका लागि अन्तिमसम्म कोसिस गर्ने निर्णय गरेको एमालेको स्थायी कमिटी बैठक दोस्रो दिन बुधबार पनि बस्दैछ ।

बैठक मध्यान्ह ४ बजे बालुवाटारमा बस्न लागेको र समसामयिक राजनीतिक तथा पार्टीको आन्तरिक एकताका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

मंगलबारको बैठकले धेरैभन्दा धेरैलाई समेटेर पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको थियो । यद्यपी बैठकले कारबाहीमा परेका शीर्ष नेताहरुसँग एकताको सम्भावना कमजोर रहेको निष्कर्षसमेत निकालेको थियो ।

२ जेठमा फर्कने वा फागुन २३ पछिका निर्णय कार्यान्वयन गरेर जाने भन्नेमा एमालेमा विवाद छ । यद्यपी दोस्रो तहका नेताहरुबीचका पछिल्ला अनौपचारिक छलफलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली जेठ २ का लागि तयार भएको बताइएको छ । तर, स्वतन्त्र पुष्टि भएको छैन ।

संस्थापन पक्षले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरे पनि दोस्रो तहका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित १२ जना तत्कालीन सांसदलाई स्पष्टिकरणमै सीमित गरिएको छ ।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech