१३ बैशाख २०८१, बिहीबार

कोहलपुरका यम रावत नेपाली काग्रेसमा प्रवेश
  • न्युज मानसराेवर

बाँके बैजनाथ । लामो समय पत्रकार र नेकपा एमाले राजनितिकमा सक्रिय यम रावत नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।

रावतले आफ्नो फेसबुक मार्फत अब नयाँ बाटो तर्फ म नेपाली काङ्ग्रेस जिन्दावाद लेखेका छन् । उनले नेकपा एमाले लाई सुझाव समेत दिएका छन् । रावतले इमानदार बफादार अनुशाशीत एमाले कार्यकर्ता को रूपमा स्थापित गराउनु हुने सबै ह्रदय देखि धन्यवाद छ अन्तिममा मा मैले एमाले छोडदै गर्दा पनि एकता मै बिजय छ मेरो सुझाव छ उनले उल्लेख गरेका छन् ।

रावत नेकपा एमाले  जिल्ला कमिटी सदस्य सगै शिक्षा क्षेत्रमा क्रियाशिल व्यक्ति हुन् ।   पछिल्लो समय नेकपा एमालेमा आएको विवाद र पार्टी विभाजन तर्फ जान लाग्दा रावतले पार्टी परित्याग गरेका हुन् । यसै गरी रावतलाई नेपाली काग्रेसका नेता तथा शुभचिन्तक सामाजिक सञजालमा स्वागत तथा बधाई दिइरहेका छन् ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech