१५ चैत्र २०८०, बिहीबार

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा : आज पनि तोकिएन संवैधानिक इजलास
  • न्युज मानसराेवर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि आज पनि संवैधानिक इजलास तोकिएको छैन। सोमबार प्रधानन्यायाधीश अस्वस्थ रहेको भन्दै इजलास नतोकेर सुनुवाइ स्थगित भएको थियो।

आज पनि उक्त मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास तोकिएको छैन। प्रधानन्यायाधीश अस्वस्थ रहेकाले अर्को इजलास कहिले तोकिने भन्ने अझै यकिन नभएको सर्वोच्च अदालत प्रशासन स्रोतले जानकारी दिएको छ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन दर्ता भएका छन्। जेठ १४ गतेबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भए पनि अहिलेसम्म मुद्दाको मूल विषयमा बहस अघि बढ्न सकेको छैन।

रिट निवेदक पक्ष र सरकारी पक्षले इजलास गठनका विषयमा पटक-पटक मुद्दा उठाएपछि प्रक्रिया अघि बढ्न नसकेको हो।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech