१३ बैशाख २०८१, बिहीबार

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक बस्दै
  • न्युज मानसराेवर

सुर्खेत। एमाले कर्णाली संसदीय दल बैठक बस्दैछ। सरकारकाे नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुनुअघि संसदीय दलको बैठक बस्न लागेको हो। बैठकमा पुनर्वहाली भएका चार संसदलाई पनि बोलाइएको छ। पुनर्वहाली भएका चारमध्ये ३ सांसद प्रदेश सरकारमा मन्त्री छन्। बैठकमा दलकाे भावी रणनीतिबारे छलफल हुने बताइएकाे छ। चार सांसद पुनर्वहाली भएपछि ३९ सदस्यीय प्रदेशसभामा एमालेको एकल बहुमत पुगेको छ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech