१३ बैशाख २०८१, बिहीबार

बाँकेका पत्रकारलाई २ लाखको दुर्घटना वीमा’
  • न्युज मानसराेवर

बाँके ।  नेपाल पत्रकार महासंघ बाँकेले जिल्लाका पत्रकारहरुलाई रु २ लाखको दुर्घटना बिमा गर्ने भएको छ । अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बुधवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघ बाँकेले  जिल्लाका पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पुर्याउने उदेश्यले सम्पूर्ण सदस्य र जिल्लामा क्रियाशिल रहेका अन्य पत्रकारकालागि  रु. २ लाखको दुर्घटना बिमा गर्ने निर्णय गरेको हो ।

दुर्घटनामा घाईते भएका पत्रकारहरुले २० हजारसम्मको उपचार खर्च पाउने छन भने दिर्घकालीन रुपमा अपाङ्ग भएका तथा ज्यान गुमाएका पत्रकारको हकमा भने बिमाले २ लाख रुपैयाँ रुपैया उपलब्ध गराउने छ ।

नेपाल पत्रकार महासंघ बाँकेका  सचिव कमल डाँगीद्धारा जारी बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ बाँकेको पहलमा हालसम्म जिल्लामा कार्यरत पत्रकारलाई कोरोना बिरुद्धको खोप लगाउन समन्वय गर्ने सरोकारवाला निकायलाई आभार प्रकट गरिएको छ ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech