१६ चैत्र २०८०, शुक्रबार

युरोकपमा वेल्सको पहिलो जित
  • न्युज मानसराेवर

जेन्सी। टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै वेल्सले युरोकप फुटबलमा पहिलो जित निकालेको छ। वेल्सको जितमा आरोन राम्सेले र कोन्नोर रोबर्ट्सले गोल गरे। दुबैले कप्तान ग्यारेथ बेलको पासमा गोल गरेका थिए। बेल ६१औं मिनेटमा पाएको पेनाल्टीमा भने गोल गर्न चुकेका थिए। जितसँगै समूह’ए’ मा वेल्सले २ खेलबाट ४ अंक जोडेको छ। वेल्सले पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech