७ बैशाख २०८१, शुक्रबार

कुन कुरामा गोपनियता अपनाउनु पर्छ ?
  • न्युज मानसराेवर

हाम्रा पूर्विय शास्त्र चणक्य नीति, विदुर नीति, भीष्म नीति लगायत हितोपदेश आदिमा हाम्रो जीवनको ज्ञान, नीति र धर्मको शिक्षा दिइएको
छ । त्यहीबाट हामीले केही कुरा यहाँ उल्लेख गरेका छौं, जो अर्को व्यक्तिबाट गोप्य राख्नुपर्छ ।

भनिन्छ नि, आफ्ना हितैषीलाई एवं एकदमै मिल्ने साथीलाई पनि जीवनका सबै गोपनियता खुलाउनु हुँदैन । किनभने भोलिका दिनमा ति हितैषीसँग हाम्रो सम्बन्ध बिग्रन सक्छ । तब हाम्रो गोपनियता उनलाई थाहा हुन्छ । हाम्रो घरायसी अवस्था, स्वास्थ्यस्थिती, कमजोरी, पृष्टभूमी सबै थाहा हुन्छ, जुन आफैमा खतरनाक हुनसक्छ ।

घर परिवारको कुरा

हामी आफ्ना साथीभाईलाई घर परिवारका सबै कुरा भन्छौं ।आफ्ना साइनो, सम्बन्धका सबै कुरा खुलाउँछौ ।त्यती मात्र होइन, परिवारका सदस्यहरुकोअवस्था, हैसियत काम,आपसी मनमुटाव, अविश्वास सबैकुरा सुनाउँछौ ।यसले भोलिका दिनमा हामीलाई संकटमा पार्न सक्छ ।

घरको समस्या, घरको अवस्थाबारे सबैकुरा खोल्नु हुादैन ।श्रीमान र श्रीमतीको संसार व्यवहार गोपनिय राख्नुपर्छ।कतिपय व्यक्तिहरु आफ्ना श्रीमतीको पोल खोल्छन् ।अर्काबाट साहनुभूति हासिल गर्नका लागि यस किसिमको गल्ती नगरौ । यसले तपाईंको कमजोरी प्रदर्शित हुन्छ ।

 

घरको रहस्य

कतिपय व्यक्ति यस्ता हुन्छन्, जो कोही व्यक्ति आफ्नो घरमा आउनसाथ उनलाई घरको कुनाकाप्चा देखाउँछन् । घरको सबै कुरा बुझाउँछन् ।

तपाईंको विश्वासपात्र जो छन्, उनीबाट तपाईंलाई केही खतरा नहोला । तर, यसरी घरको कुनाकाप्चा देखाइरहँदा भोलिका दिनमा कतिपय साथीबाट भने अप्ठ्यारोमा पर्न सकिन्छ । उनीहरुलाई विश्वास गरेर तपाईं घरको सबै कुरा देखाउनुहुन्छ, यसले भोलिका दिनमा समस्यामा पार्न सकछ ।

धनको कुरा

तपाईंसँग कति धन छ ? धन कसरी आर्जन गरिरहनुभएको छ ? धन कसरी संचय गर्नुभएको छ ? यी कुरा कसैलाई पनि बताउनु संभावित संकट निम्त्याउनु हो ।

धनको कुरा सकेसम्म गोप्य राखेकै राम्रो हो । यसको अर्थ यो होइन कि तपाईंको धन देखेर अरुले ऋण माग्छन् । यसको अरु नै कारण
छन् । आफ्ना साथीभाई, आफन्तलाई आफुले राखेको धनबारे खुलाउन आवश्यक छैन । यद्यपी श्रीमतीलाई भने सम्पूर्ण विवरण दिनुपर्छ ।

अपमानको कुरा

जीवनमा कहिले काहीँ अपमान झेल्नुपर्छ । यदि कसैले अपमान गरेमा त्यसलाई सामना गर्नैपर्ने अवस्था आउँछ । संभव भएसम्म त प्रतिकार गरेको राम्रो ।

यद्यपी यसरी आफु अपमानित भएको कुरा भने अरुलाई सुनाउनु हुँदैन । आफु कसरी अपमानित भइयो, कसले अपमान गरे भन्ने कुरालाई गोप्य राख्नु नै भलाई हुन्छ । अरुबाट सहानुभूति आर्जन गर्नका लागि आफुमाथि भएको अपमानबारे बताइरहँदा अरुको मनमा आफुप्रतिको धारणा थप कमजोर बन्छ ।

आफ्नो अयोग्यता वा कमजोरी

हामी सम्पूर्ण रुपमा पोख्त हुँदैनौ । सबैकुरा जान्ने हुँदैनौ । कतिपय कमजोरी हुन्छ । यद्यपी आफ्नो कमजोरी, अयोग्यताबारे प्रचार गर्दै हिँड्नु हुँदैन । यस्तो कुरालाई रहस्यमै राखेको वा गोप्य राखेको राम्रो हो ।

यदि हामीले आफ्नो कमजोरी बतायौं भने अरुले त्यही कमजोरीमा टेकेर हामीमाथि आफ्नो प्रभाव लाद्ने प्रयास गर्छ । त्यसैले यस्ता कुरामा गोपनियता अपनाएको वेश हुन्छ ।

मनको कुरा

हाम्रो मनमा अनेक कुरा हुन्छन् । तर, मनमा आएजति कुरा अरुलाई बताउँदै हिँड्नु हुँदैन । यसरी मनको कुरा सबैको अगाडि खोल्दा हाम्रो मनोविज्ञान, हाम्रो बौद्धिकता, हाम्रो धारणा सबैकुरा अरुले थाहा पाउँछन् । अतः हामीलाई उनीहरुले कमजोर आँक्न सक्छन् ।

दानको कुरा

अहिले त अरुलाई के दिइन्छ, कति दिइन्छ भन्ने कुरा फोटो खिचाउने चलन छ । अरुलाई केहि दिनुपरेमा फोटो खिचाएर सामाजिक सञ्जालमा त्यसको प्रचार गरिन्छ । जबकी अरुलाई हामी केही दिन्छौ भने त्यो कुरा एकदम गोप्य राख्नुपर्छ । नभए अरुलाई हामीले निस्वार्थ मनले दिएका छैनौ भन्ने हुन्छ ।प्रकाशित सामाग्रि विभिन्न सञ्चार माध्यमको सहयोगमा 

 

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech