१३ बैशाख २०८१, बिहीबार

नेपाल पत्रकार महासघंले संञ्चारगृहमा अनुगमन गर्ने
  • न्युज मानसराेवर

काठमाडौं।नेपाल पत्रकार महासंघले असार ७ गते सोमबार विभिन्न सञ्चार गृहहरुमा अनुगमन गर्ने भएको छ।कोरोना महामारीको बाहाना बनाउँदै केही सञ्चारगृहहरुले पत्रकारलाई कामबाट हटाउने,पारिश्रमिक नदिने तथा बेतलबी बिदा दिनेजस्ता क्रियाकलाप बढेको गुनासो आएको बताएको छ।महासंघले विज्ञप्ति जारी गर्दै पत्रकारहरुको गुनासोका सम्बन्धमा अनुगमनपश्चात आएको प्रतिवेदनका आधारमा महासंघले आगामी कार्यक्रम तय गर्ने बताएको छ।महासंघले आवश्यकताअनुसार दबाबमूलक कार्यक्रम र कानुनी संघर्षसमेत अघि बढाउने बताएको छ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech