१४ बैशाख २०८१, शुक्रबार

बाँकेमा अमर प्रहरी स्मारकको उदघाटन
  • न्युज मानसराेवर

नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेको कार्यालय परिसरमा नव निर्मित अमर प्रहरी स्मारकको उदघाटन गरिएको छ । आइतवार एक कार्यक्रमकाबीच प्रहरी स्मारकको उदघाटन गरिएको बाँकेका एसपी ओम रानाले जानकारी दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेनाका सेनानी नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक असोक बम, राष्ट्रिय अनुसन्धान निर्देशक नरेन्द्र गरीलगायत स्मारक निर्माण समितिका पदाधिकारी तथा स्मारक निर्माणमा सहयोग पुर्याएका र पुर्व प्रहरी, अशक्त प्रहरीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले स्मारक निर्माण समितिलाई धन्यवाद दिँदै अमर प्रहरीको अस्तित्व जोगाई राख्न स्मारक आवश्यक हुने कुरा समेत ब्यक्त गरेका थिए ।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech