१३ बैशाख २०८१, बिहीबार

भान्सा घर अभियानको औपचारिक विदाइ
  • न्युज मानसराेवर

कोहलपुर । देशमा  फैलिएको कोरना संक्रमण  बाट पिडित परिवार हरुका निम्ति  सञ्चालित नेकपा एमालेको भान्सा घर  खाना अभियानलाई रोकिएको छ । कोहलपुर मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा  भान्सा घर खाना अभियान जेष्ठ १ गते बाट सञ्चालन गरिएको थियो ।  नेकपा एमालेको भान्सा घर  खाना अभियान ४१ दिन पछि औपचारिक रुपमा समापन गरिएको हो ।

अभियानमा विरामी र विरामी कुरुवा गरी कूल १२ हजार ६ सयले  भान्सा घर  खाना अभियानको  सेवा लिएका थिए । अभियानमा नेकपा एमाले पार्टी पार्टी संग आवद्ध जनसंगठनका पदाधिकारीहरु व्यापक परिचालन गरिएको थियो ।

अभियानको समापनमा बोल्दै संविधान सभाका सदस्य एव पूर्व सिचाइ राज्इ मन्त्री दल बहादुर सुनारले अभियानमा सहभागि जनाउने सबै प्रति धन्यवाद व्यक्त गरे । उनले जारी पार्टीको विवाद छिटै निकास दिनेमा आफुहरु विस्वस्त रहेको बताए । उनले अभियानले समग्र पार्टी एकतालाई जोड दिएको बताउदै बैधानिक रुपमा नेकपा एमालेका सबै कमिटीहरु सञ्चालनमा ल्याउन केन्द्रिय कमिटीहरुलाई आग्रह समेत गरेका थिए ।

अभियानमा २०७५ जेष्ठ २ गते पूर्वका निर्वाचित जिल्ला कमिटी अध्यक्ष ,सदस्य जनसंगठन प्रमुख युवा संघ लगाएत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

अभियानको खर्च सार्वजनिक
जेष्ठ १ बाट सञ्चालन गरिएको नेकपा एमालेको भान्सा घरको   खर्च सार्वजनिक गरिएको छ । अभियानका आर्थिक संयोजक टेक बहादुर शाहीले अभियानमा बाँके जिल्लाका  बैजनाथ , कोहलपुर नेपालगञ्ज मनकारी तथा नेता कार्यकर्ताहरुको प्रत्येक्ष सहयोग रहेको बताए । अभियानलाई  ५० हजार भन्दा माथी उपलब्ध गराउने सबैलाई सम्मान गर्ने योजना बनाएका छौँ ‘ शाहीले भने ।

अभियानमा जिन्सी र नगर गरी कूल १३ लाख ७६ हजार ७ सय १५ रुपैया सहयोग संकलक भएको शाहीले जानकारी गराए ।

जिन्सी कूल ४ लाख १४ हजार ६ सय २५ रुपैया र बाँकी ९ लाख ६२ हजार ० ९५ नगद पैसा प्राप्त  भएको  संयोजक शाहीले बताए । उनले अभियान मा कूल १० लाख ७४ हजार ९ सय १९ रुपैया खर्च भएको र बाँकी ३ लाख १ हजार ७ सय ९६ रुपैया जिल्ला कार्य समितिलाई उपलब्ध गराउने बताए।

  • १२ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech