७ बैशाख २०८१, शुक्रबार

संवैधानिक इजलासः आजदेखि सरकारी पक्षबाट बहस
  • न्युज मानसराेवर

काठमाडौं।प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आजदेखि सरकारी पक्षबाट बहस सुरु हुँदैछ। रिट निवेदकको तर्फबाट बहस सकिएसँगै अब सरकारी पक्षबाट बहस सुरू हुन लागेको हो।९ गतेदेखि १३ गतेसम्म ४ दिनमा रिट निवेदकतर्फको बहस सकिएको छ।विपक्षी अर्थात सरकारी पक्षबाट आजको बहस महान्यायाधिवक्ता रमेश बडालले सुरु गर्नेछन्। सरकारी पक्षबाट बहसका लागि सुरूमा १२ घन्टा र त्यसपछि थप ३ घन्टा गरी १५ घन्टा बहस हुनेछ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech