८ बैशाख २०८१, शनिबार

अर्जेन्टिनाका लागि मेस्सीको कीर्तिमानी खेल
  • न्युज मानसराेवर

एजेन्सी। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले देशका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका छन्। कोपा अमेरिका कप अन्तर्गत आज बिहान भएको बोलिभियाविरुद्धको खेलसँगै मेस्सीले सर्वाधिक खेल खेल्ने जाभियर मास्चेरानोको कीर्तिमान भंग गर्दै आफ्नो नाममा कीर्तिमान लेखाएका हुन्। ३४ वर्षीय मेस्सीले अर्जेन्टिाका लागि १४८ खेल खेलेका छन्। गत साता मेस्सीले सर्वाधिक (१४७) खेल खेल्ने मास्चेरानोको कीर्तिमान बराबरी गरेका थिए।

  • १५ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech