१४ बैशाख २०८१, शुक्रबार

नेकपा एमाले निकट सामाजिक सेवा विभागको बैठक सम्पन्न
  • न्युज मानसराेवर

बाँके ।  नेकपा एमालेको सामाजिक सेवा विभागको प्रथम बैठक सम्पन्न गरिएको छ ।   सामाजिक सेवा विभागका प्रमुख शिवलाल पाण्डेको अध्यक्षतामा बसेको प्रथम बैठकले विभिन्न निर्णहरु समेत गरेको छ ।

बैठकले जिल्लामा रहेका संघ संस्थाहरुको अर्थ बार्षिक कार्य योजना बनाई जिल्ला कमिटिमा पेश गर्ने पार्टी सदस्यता नविकरणका लागि आ–आफ्नो स्थान बाट पहल तथा क्रियाशिलता देखाउने र जिल्लामा रहेका संघ संस्थाहरुको अवस्था बारे समिक्षा गर्ने जस्ता निर्णय गरिएको अध्यक्ष शिवलाल पाण्डेले जानकारी गराएका छन् ।

यसै गरी विभागको यही अषाढ २५ गते अर्को बैठक बस्ने निर्णय गरेको छ । बैठकमा आमन्त्रीत सदस्यका रुपमा नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्य ढकाल युवा नेता पुजन विश्वकर्मा , नेता पदम धिताल लगाएतको समेत सहभागिता रहेको थियो ।

 

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech