८ बैशाख २०८१, शनिबार

“ग” वर्गका शाररिक अपाङ्गताले पाउने भए सामाजिक सुरक्षा भत्ता

 राज्यले “क” र “ख” वर्गका शाररिक अपाङ्गता लाई मात्र आर्थिक सहयोग गर्दै आइरहेको अवस्थामा “ग” वर्गका शाररिक  अपाङ्गता परिचय पत्र प्राप्त गर्ने व्यक्तिहरुलाई स्थानीय सरकारले सामाजिक सुरक्षा अन्तगत आर्थिक सहयोग गर्ने  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले भनेका छन् । 

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।बैजनाथ गाउँपालिकाले “ग” वर्गका शाररिक अपाङ्गतालाई सामाजिक सुरक्षा मार्फत आर्थिक सहयोग गर्ने भएको छ ।

२०७८\७९को नीति तथा कार्यक्रममा “ग” वर्गका शाररिक अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग गर्ने  नीति पारित गरिएको  हो ।

राज्यले “क” र “ख” वर्गका शाररिक अपाङ्गता लाई मात्र आर्थिक सहयोग गर्दै आइरहेको अवस्थामा “ग” वर्गका शाररिक  अपाङ्गता परिचय पत्र प्राप्त गर्ने व्यक्तिहरुलाई स्थानीय सरकारले सामाजिक सुरक्षा अन्तगत आर्थिक सहयोग गर्ने  बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले भनेका छन् ।

रुचालका अनुसार अपाङ्गता भएका व्यक्तिहरुको सिप क्षमता विकास गरि उद्यमशिलता बन्न प्रोत्साहित गर्ने नीति अख्तियारी गरिएको
बताए । उनले अपाङ्गता पहिचान वर्गीकरण तथा सेवा सुविधा र सहयोग कार्यविधि नै बनाइने उल्लेख गरे ।

सहायक सामाग्री मर्मत निमार्ण गरि अपाङ्गता भएका व्यक्तिहरुलाई उपलब्ध गराईने छ । भने नयाँ बन्ने संरचनाहरुमा अनिर्वाय अपाङ्गता ,बालवालिका र महिला मैत्री बनाइने नीतिा तथा कार्यक्रममा उल्लेख गरिएकोे छ ।

 

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech