१२ श्रावण २०८१, शनिबार

अनेरास्ववियू बाँकले सम्पन्न गर्यो एक दिने प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रम
  • न्युज मानसराेवर

बैजनाथ ।अनेरास्ववियु जिल्ला कमिटी बाँकेको आयोजनामा एक दिने पालिका स्तरीय प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रम सम्पन गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिकामा  कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियु बाँकेका युवा नेता दिनेश केसीले जानकारी गराए ।

जिल्लाका आठ वटै स्थानीय तह बाट अनेरास्ववियु संयोजक तथा संहसयोजक हरुलाई एक दिने प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको हो ।

प्रशिक्षणमा नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्य ढकालले पार्टी र जनवर्गीय संगठन विचको अन्तर सम्बन्ध सम्बन्धि प्रशिक्षण गरेका थिए भने एमाले बाँकेका नेता तथा संगठन विभाग प्रमुख भिम वलीले परिवर्तित समयमा विद्यार्थी राजनितिकको आवश्यकता सम्बन्धि प्रशिक्षक दिए ।

यसै गरी शिक्षामा माक्सवाद जबजको भूमिका बैचारिक नेता तोयानाथ पहाडी ,संगठन भित्र अनुशासनको आवश्यकता नेता सुर्य रोकाया , नेपालको राजनितिकमा महिलाको आवश्यता नेतृ शर्माला थापाले  सहभागिहरुलाई प्रशिक्षण  गराएका थिए ।

बाँकेका आठ स्थानीय तहमा तोकिएका संयोजक तथा सह संयोजकहरुको नामावली

यसै गरी कार्यक्रममा नेता घननाथ खनाल , युवा नेता समुन घिमिरे ,लाल बहादुर सुनार ,रोशन शाही , हेमराज शाही , राजेश वलि, बिस्वाश कक्षंपती, लागायत उपस्थिति रहेको थियो ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech