२५ मंसिर २०८०, सोमबार

देउवा पाँचौं पटक मुलुकको कार्यकारी पदमा
  • न्युज मानसराेवर

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक मुलुकको कार्यकारी पदमा पुगेका छन्। सर्वोच्चको फैसलाअनुसार देउवा मंगलबार पाँच पटक प्रधानमन्त्रीमा नियुक्त भए। उनी २०५२, २०५८, २०६१, २०७४ र २०७८ गरी पाँच पटक प्रधानमन्त्री बनेका हुन्। २००३ सालमा डडेलधुराको असिग्राममा जन्मिएका देउवा २०२० सालदेखि राजनीतिमा सक्रिय छन्। २०४८ यताका सबै निर्वाचनमा अपराजित देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्।

  • २९ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech