बाँके। नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा विभिन्न पार्टी परित्याग गरि एमाले पार्टीमा प्रवेश गरेका छन । जिल्लाको नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिका बाट १ सय ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन ।
माओवादी केन्द्रका जिल्ला कोषाध्यक्ष प्रशुनारायण थारु र विराट थारु को नेतृत्वमा नरैनापुर र राप्तीसोनारी गाउँपालिका बाट १ सय ५० जना नेकपा एमालेमा प्रवेश गरेका हुन ।
प्रवेश कार्यक्रममा नेकपा एमाले नेता हारुन हलुवाई,देवराज भार, पुजन विश्वकर्मा,प्रेम भुषाल,धननाथ खनाल,एक माया विक,पदम धिताल,दिपा शर्मा,हिरा खराल लगाएतले आफनो धारणा तथा स्वागत राखेका थिए ।
प्रवेश कार्यक्रमको नेकपा एमाले जिल्ला अध्यक्ष सुर्य ढकालको अध्यक्षतामा संचालन गरिएको थियो । ‘भने संचालन बलराम भट्टराई र स्वागत तुलसिराम थारुले गरेका थिए ।