कोहलपुर । कोहलपुरमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले राके जुलुस निकालेका छन । नेकपा एमालेको भातृय संगठन राष्ट्रिय युवा संघ नेपाल बाँके ,कोहलपुर नगर कमिटी र अनेरास्ववियु नगर कमिटीको संयुक्त आयोजनामा राके जुलुस निकालिएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा सर्वोच्च अदालतले जारी गरेको परमादेश विरुद्ध सर्वोचका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालको पुत्ला दहन गरेका थिए । नेकपा एमालेको सरकार ढाल्नु र विपक्षी दलका नेता शेर बहादुर देवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिका प्रति आक्रोशमा युवाहरुले नेता नेपालको पुत्ला समेत दहन गरिएको राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य खेमराज शर्माले जानकारी गराएका छन।

राके जुलुस कोहलपुर न्यू रोड बाट शुरु गरि कोहलपुर चौराहमा कोण सभामा परिणत गरिएको थियो ।
कोण सभालाई राष्ट्रिय युवा संघ नेपालका सचिव रबिन्द्र लम्साल ,राष्ट्रिय युवा संघ नेपाल का स्थायी कमिटी सदस्य खेमराज शर्मा ,अनेरास्ववियु का केन्द्रिय सदस्य सुमन घिमिरे लगायत ले सम्बोधन गरेका थिए ।

विरोद्ध कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल का केन्द्रिय सदस्य तथा बाँके अध्यक्ष तिलकबिर सुनार ,सचिवालय सदस्य निर्मला मल्ल,केन्द्रिय सदस्य दिपेन्द्र श्रेष्ठ ,अनेरास्ववियु का केन्द्रिय सदस्य हेमन्त भट्टराई ,टोपराज जैसी ,राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु का जिल्ला ,नगर र पालिका स्तरबाट सहभागिता रहेको शर्माले न्यूज मानसरोवर डट कम लाई जानकारी गराएका छन।









