७ फाल्गुन २०८१, बुधबार

मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने
  • न्युज मानसराेवर

बुटवल।  लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

मंगलबार मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्रीले छिटै प्रदेशसभाबाट विश्वासको मत लिने जानकारी गराए।

प्रवक्ता चौधरीले जनता समाजवादी पाटीको विवादमा आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएपनि त्यसले लुम्बिनी प्रदेशमा तत्काल फरक नपार्ने बताएका छन।

वैशाख १९ मा सरकार गठनका बेला लुम्बिनी प्रदेशसभामा रहेका ८१ सदस्यमध्ये एमालेका मात्र ४१ सांसद देखाएर मुख्यमन्त्रीमा शंकर पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार शपथ लिएका थिए । सरकार गठनपछि अहिले एमालेका ३८ र जसपाका ३ गरी ४१ सदस्यको समर्थनमा सरकार टिकेको छ । विपक्षी गठबन्दनमा पनि ४१ सदस्य नै छन् ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech