१२ श्रावण २०८१, शनिबार

टोकियो ओलम्पिक : गौरिकाको प्रतिस्पर्धा आज
  • न्युज मानसराेवर

बाँके। जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आज नेपालकी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने भएकी छन्।

ओलम्पिकअन्तर्गत पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्न लागेकी हुन्। गौरिका महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्। गौरिकाको खेल नेपाली समय अनुसार बुधबार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा गौरिका हिट १ मा रहेकी छिन्। यस हिटमा ४ खेलाडी छन्। गौरिका रहेको हिटमा नाइजेरिया, मोन्टेनेग्रो र गुवामका खेलाडी रहेका छन्।

 

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech