१२ श्रावण २०८१, शनिबार

समयमै बजेट ल्याएनन् ५१ स्थानीय तहले
  • न्युज मानसराेवर

बाँके। चालु आर्थिक वर्ष २०७८र७९ मा ५१ वटा स्थानीय तहले समयमै बजेट ल्याउन र सभाबाट पास गर्न सकेनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ मध्ये ५१ वटा स्थानीय तहले १ साउनदेखि नयाँ आर्थिक वर्ष लाग्नु अगावै बजेट पास गर्न नसकेका हुन् ।

स्थानीय तहको सभामा बजेट नै पेश नगर्ने स्थानीय तहको संख्या ३६ र सभामा बजेट पेश गरेर पनि पारित गर्न नसक्नेको संख्या १५ रहेको मन्त्रालयले जनाएको छ । यसै गरी देश १ का ६, प्रदेश २ का ३२, बागमतीका ३, लुम्बिनीका ३, कर्णालीका ४ र सुदूरपश्चिम प्रदेशका ३ स्थानीय तहले समयमै बजेट ल्याएर पास गर्न नसकेका हुन् । गण्डकीमा भने सबै स्थानीय तहले समयमै बजेट पास गरेर १ साउनदेखि कार्यान्वयन थालेको मन्त्रालयले जनाएको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय तहले १० असारभित्र बजेट ल्याउनुपर्ने र साउन लाग्नुअगावै पास गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । १० असारमै बजेट ल्याउन नसके पनि कम्तीमा असार महिना सकिनुभन्दा अघि नै सभाबाट बजेट पास गरिसक्नुपर्ने हुन्छ ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech