१२ श्रावण २०८१, शनिबार

खनालको नेतृत्वमा माओवादी ब्यापारीहरु संगठित हुदै
  • न्युज मानसराेवर

बाँके। नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कोहलपुरको दोस्रो भेलाले विष्णु प्रसाद खनालको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ । सोमबार कोहलपुरमा सम्पन्न भेलाले खनालको नेतृत्वमा २५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।

जसको उपाध्यक्षमा शेषकान्त शर्मा, तिलक कार्की, ददिराम सापकोटा, भुपराज भण्डारी, महिला उपाध्यक्षमा गिता शाही, महासचिवमा टेक बस्याल, उपमहासचिवमा गोपाल अधिकारी, सचिवमा विणु कुमारी चौधरी, लाल बहादुर विक, रवि कर्माचार्य, आनन्द बाबु काफ्ले, कोषाध्यक्षमा उपेन्द्र नाथ योगी र सहकोषाध्यक्षमा विकाश बुढाथोकी चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा युवराज भण्डारी, नवराज जैशी, जुना विक, हरिहर भण्डारी, मन्जु बस्नेत र चन्द्र बहादुर सुनार रहेका छन ।

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech