१२ श्रावण २०८१, शनिबार

भूमि आयोग मार्फत कोहलपुरमा प्रारम्भिक कार्य सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर। कोहलपुर नगरपालिकामा भूमि सम्बन्धी प्रारम्भिक कार्य सम्पन्न गरिएको छ ।

कोहलपुर नगरपालिका भित्रका भूमिहिन दलित, भूमिहिन सुबुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन, वडा नं. १ मा जग्गा नापजाँच, वडा नं. ३ बोहकका सबै वडाहरुका फाईलमा निस्सा कोर्ड, किक्ता कोर्ड, ४० प्रतिशत फाईल कम्प्युटरमा ईन्ट्री लगायतका प्रारम्भिक चरणका कामहरु सम्पन्न गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

कोहलपुर नगरपालिका र भूमि सम्बन्धी समस्या समाधान आयोग बिच २०७७ साल मंसिर २८ गते सम्झौता भई पौष ४ मा लगत संकलन इकाई कोहलपुरको स्थापना  गरी  काम सुरु  गरेको थियो।  भूमि सम्बन्धी समस्या आयोगको लगत संकलन इकाई  कार्यालय स्थापना गर्न भूमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवि ज्ञवाली  कोहलपुर आएका थिए ।

नगरपालिका स्तरीय भूमि सम्बन्धी समस्या आयोग लगत संकलन इकाईका प्रमुख बिर बहादुर विकका अनुसार २०७७ फागुन २० गतेदेखि तथ्यांक संकलन कार्य  कोहलपुरमा सुरु गरिएको थियो।

कोहलपुर नगर भित्र १६ हजार ६ सय १ फाराम संकलन भएका मध्ये पाँच सय ९८ भूमिहिन दलित, आठ सय ४९ भूमिहिन सुकुम्बासी र १५ हजार १ सय५५ अव्यवस्थित बसोबासी रहेका छन ।  कोहलपुर नगरपालिका भित्र रहेका १६ हजार छ सय १ फाईल मध्ये छ हजार पाँच सय फाईलको विवतरण कम्प्युटरमा ईन्ट्री भइसकेको बताइएको छ ।

यसै गरी १० हजार फाईलको विवरण ईन्ट्री गर्ने काम बाँकी रहेको र वडा नं. ३ बाहेक अरु सबै वडाका फाईलहरुको निस्सा कोर्ड र कित्ता कोर्ड उल्लेख गर्ने काम सम्पन्न भएको इकाईका प्रमुख बिर बहादुर विकले  जानकारी गराए ।

यसै विच कोहलपुर नडा न १ मा १५ सय ६५ कित्ता जग्गा नाप जाँचको कार्य सम्पन्न गरी नक्सा समेत तयार  भइसकेको बताइएको छ ।

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech