१२ श्रावण २०८१, शनिबार

एमाले कर्णाली जिल्ला अधिवेशनः जुम्ला बाहेक नौ जिल्लामा आज प्रतिनिधि चयन गरिँदै
  • न्युज मानसराेवर

सुर्खेत\पुस २३ का लागि निर्धारित जिल्ला अधिवेशनका लागि नेकपा एमाले कर्णाली प्रदेशमा जुम्लाबाहेक सबै जिल्लामा आज प्रतिनिधि चयन हुँदैछ । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोद कुमार शाहका अनुसार जुम्ला जिल्लामा भोलि १८ गते मात्रै जिल्ला प्रतिनिधि चयन गरिनेछ । बाँकी रुकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा आजै जनप्रतिनिधि चयन हुने अध्यक्ष शाहले जानकारी दिए ।

जिल्ला अधिवेशन भने सबै जिल्लाको पुस २३ गते नै हुने उनले जानकारी दिएका छन् । ‘सबै जिल्लामा सौहार्दपूर्ण रुपमा आज जिल्ला जनप्रतिनिधि चयन हुनेछन् ।’ अध्यक्ष शाहले नेपालप्रेससँग भने, ‘सबै जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन गरिनेछ।’

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech