१२ श्रावण २०८१, शनिबार

माओवादी विधान पारित, केन्द्रीय सदस्य २९९ सदस्यीय, पदाधिकारी १५
  • न्युज मानसराेवर

काठमाडौं । नेकपा माओवादी केन्द्रको संशोधिन विधान सर्वसम्मतीले पारित भएको छ ।

नेता देव गुरुङको नेतृत्वमा गठित विधान समितिले पेस गरेको विधान शनिबार सर्वसम्मतीले पारित भएको हो ।

पारित विधानमा २९९ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको नेत्री कमला रोकाले जानकारी दिइन । माओवादीको अन्तरिम विधानमा केन्द्रीय समिति २९९ सदस्यीय रहने व्यवस्था गरे पनि नेकपा विघटनपछि १८१ मात्र थिए ।

अब स्थायी समितिले २९९ केन्द्रीय सदस्य चयन गर्नेछ ।  त्यसका लािग अहिले माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ ।

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech