१२ श्रावण २०८१, शनिबार

बाँकेको नरैनापुरमा एमालेको शक्ति प्रदर्शन
  • न्युज मानसराेवर

बाँके\ बाँकेको नरैनापुर गाउँपालिकामा विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन। आज एक कार्यक्रमको आयोजना गर्दै जसपा केद्रिय सदस्य रामकुमार दिक्षित सहित नेकपा एमाले प्रवेश गरेका हुन। रामकुमार दिक्षित सहित दुई हजार ५ सय भन्दा बढी एमालेमा पार्टी प्रवेश गरेका छन। उनीहरुलाई नेकपा एमाले महासचिव शंकर पोखरेलले नेकपा एमाले मा स्वागत गरेका छन।

पार्टी प्रवेश कार्यक्रममा बाल्दै नेकपा एमालेका महासचिव पोखरेलले नेकपा एमाले लाई देशी , विदेशीहरुले घेराबन्दी राख्न खोजेको बताए । उनले निश्चित रुपमा नेकपा एमाले देशको पार्टी र विकास र समृद्धिको योजनाकार भएकै कारण यो रोक्न सबै शक्तिहरु एमाले लाई  कम्जोर बनाउन केन्द्रित रहेको दावि गरे । उनले यसको प्रतिकार गाउँ गाउँका जनताले अब हुने निर्वाचनमा सबै भन्दा ठुलो शक्ति नेकपा एमाले जनताबाट अनुमोदन हुने विश्वास गरे  पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्जार्च सुर्य ढकालले कम्जोर अवस्थामा रहेको नरैनापुर अब बलियो जनलहर सहितको नेकपा एमाले संगठात्मक रुपमा बलियो भएको दावि गरे ।

कार्यक्रममा नेताहरु हारुन हलुवाई ,पशुपतिदयल मीश्र ,शान्ति ढकाल ,दिपा शर्मा ,करिम खा प्रदेश सदस्य गिरिराज पाठक ,सोहन यादव ,बलराम भट्टराई लगाएतले मतव्य राखेका थिए ।

पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता नेकपा एमाले जिल्ला अध्यक्ष निरक गुरुङ गरेका थिए । भने कार्यक्रम संचालन  एमाले बाँकेका सचिव रत्न खत्रिले गरेका थिए ।

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech