११ श्रावण २०८१, शुक्रबार

माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका स्थगित
  • न्युज मानसराेवर

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तरगत आज बन्दसत्र स्थगित भएको छ । बन्दसत्र स्थगित भएसँगै आजका लागि तय भएकाे निर्वाचन कार्यतालिका स्थगित भएको छ ।

भोली फेरि १ बजेबाट प्रक्रिया पुनः सुरु हुने बताइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु भएको थियो

केन्द्रीय समिति सहमतिबाट निर्माण गर्न कलस्टर अनुसार सहमतिका लागि साँझसम्मको समय दिइएको थियो । छलफल अझै जारी रहेकोले आजको प्रक्रिया स्थगित गरिएको हो ।

प्रज्ञा भवनमा जारी आठौं महाधिवेसनको सातौं दिनमा मतदाता नामावली प्रकाशन समेत गरिसकेको थियो । भोली दिउँसो १ बजेसम्मको समयमा सहमति जुट्न नसके निर्वाचनबाट नै समिति चयन हुनेछ ।

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech