१२ श्रावण २०८१, शनिबार

कोहलपुरमा एमाले अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न
  • न्युज मानसराेवर

कोहलपुर\ नेकपा एमालेका स्थायि कमिटि सदस्य भानुभत्त ढकालले कोहलपुरमा अगुवा कार्यकर्ता लाई प्रशिक्षण गरेका छन।कोहलपुर नगर कमिटिको आयोजनामा  अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ढकालले पार्टीको नीति र पार्टीलाई चलाएमान बनाउ सबै संगठनहरुको चयलायमान हुन आवश्यक रहेको बताए । उनले सबै राजनितिक दल र बाह्यि शक्तिहरु एमाले लाई कम्जोर बनाउन क्रियाशिल रहेको बताए । अगुवा कार्यकर्ताहरुको भेलामा नेकपा एमाले केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले जिल्ला कार्य समितिको चयनमा सहमतिको अधिकतम प्रयास गरिने बताए।

उनले पार्टीको एकता आजको आवश्यता भएको बताउदै सहमति नै उत्तम विकल्प रहेको बताए । उनले अब सबै संगठनहरुले पार्टी प्रवेश अभियान सञ्चालन गर्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा नगर अध्यक्ष खिल प्रसाद भूसालको अध्यक्षतामा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षत्मक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमम जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता जनाएका थिए ।

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech