१२ श्रावण २०८१, शनिबार

प्रचण्डले प्रस्ताव गरेका २३६ नाम अनुमोदन गर्दै सकियो माओवादीको महाधिवेशन
  • न्युज मानसराेवर

काठमाडौँ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेको २३६ केन्द्रीय सदस्यको नाम अनुमोदन गर्दै नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशन सम्पन्न भएको छ ।

प्रचण्डले बन्दसत्रमा १२५ जना समानुपातिकतर्फ र खुल्ला १११ जना केन्द्रीय सदस्य गरी २३६ जनाको नाम घोषणा गरेका थिए । सो नामहरू हलले पारित गरेको छ । समानुपातिकमा २९ र खुल्लातर्फ ३४ जना सदस्य थप्न बाँकी छ ।

अब केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ ।

सो बैठकले अध्यक्षसहितको पदाधिकारी चयन गर्नेछ । बैठक ज्येष्ठ केन्द्रीय सदस्यको अध्यक्षतामा बस्ने छ ।

  • १८ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech