बाँके\ नेकपा एमाले स्थायी कमिटि सदस्य मोर्चा प्रमुख भानुभक्त ढकालले एमालेका जनवर्गीय संगठनहरु अन्तर संवाद गरेका छन ।
नेकपा एमाले बाँकेमा नेता ढकालले २२ वटा जनवर्गीय संगठनका प्रमुखहरु संग अन्तर संवाद गरेका हुन। आगामी २३ र २४ गते हुने जिल्ला अधिवेशन र एमालेको भावि रणनिति बारे जनवर्गीय संगठनहरु पार्टीको नीति बारे जानकारी गराएका छन।
कार्यक्रममा जिल्ला इन्चार्ज तथा एमाले केन्द्रिय सदस्य सुर्य ढकाल जिल्ला अध्यक्ष लगाएत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।













