१२ श्रावण २०८१, शनिबार

दुई महिनादेखि दुई मन्त्रीले चल्दै कर्णाली सरकार
  • न्युज मानसराेवर

सुर्खेत \ कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको देखिएको छ।

दुई महिनासम्म दुई मन्त्रीले काम चलाएका छन्।   सरकार   गठन   भएको   दुई   महिना बितिसक्दा  पनि  मन्त्रिपरिषद्ले  पूर्णता  पाउन नसकेको हो।

नेपाली काँंग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीसमेत तीन  दलीय  गठबन्धनमा  कर्णाली  प्रदेश  सरकार बनेको   छ।

मुख्यमन्त्री   जीवनबहादुर   शाही कात्तिक  १६  गते  मुख्यमन्त्रीमा  नियुक्त  भएयता मुख्यमन्त्री शाहीले दुई मन्त्री मात्रै थपेका छन् ।

अहिलेसम्म सरकारमा माओवादी केन्द्रबाट  आर्थिक  मामिला  तथा  योजनामन्त्री विन्दमान विष्ट र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही छन् भने कर्णालीका पाँचवटा मन्त्रालय मन्त्रीविहीन छन्। गोरखापत्रमा खबर छ ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech