१२ श्रावण २०८१, शनिबार

कस्तो रहला आज देशभरको मौसम?
  • न्युज मानसराेवर

बाँके\ देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको हो।

हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भूभागमा हुस्सु–कुहिरो लागेको छ।

दिउँसो र राति देशभर आंशिक बदलीको सम्भावना रहे पनि दिउसो घाम लाग्ने महाशाखाको भनाइ छ।

यस्तै बिहानीपख उपत्यकालगायत तराईका जिल्लाहरूमा हुस्सु–कुहिरोसमेत लागेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ।

  • १९ पुष २०७८, सोमबार प्रकाशित

  • Nabintech